२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

पेट्रोलियम पदार्थको विकल्प तत्काल सम्भव छैन : आपूर्तिमन्त्री भट्ट

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका छन्।

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन्। मुलुक विद्युतमा आत्मनिर्भर बन्न अगाडी बढिरहेको अवस्थामा अझै मुलुकका धेरै स्थानमा विद्युतिकरण नभएको र पेट्रोलियम पदार्थको विकल्प तत्काल सम्भव नभएको उनले बताए।

अमेरिका जस्ता विकसित मुलुकहरुलाई समेत पेट्रोलियम पदार्थको आवश्यकता पर्ने गरेको बताउँदै उनले नेपाललाई चाहिँदैन भन्ने नभएको उनको भनाइ छ। पहाडी बस्तीहरु र तराईका केही बस्तीहरुमा अझै पनि विद्युतिकरण हुन नसक्दा अहिले पनि टुकि बाल्नुपरेको प्रशंग उल्लेख गर्दै मन्त्री भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका हुन्।

आयल निगमले अब आफ्नो बाटो परिवर्तन गरेर मुनाफा लिने ठाउँमा समेत लगानी गर्नेतर्फ छलफल चलाउनुपर्ने उनले बताए। उद्योगीहरुले लगानी डुब्छ की भनेर चिन्ता गरिहाल्नु पर्ने अवस्था नभएको र निगमले हरेक काममा पार्टनर बनाएर अगाडी बढ्ने विश्वास मन्त्री भट्टले दिलाए। निगमको स्वर्ण जयन्तीका अवसरमा कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप एक महिनाको तलब बराबरको रकम प्रदान गरिएको थियो।  

प्रकाशित: २६ पुस २०७६ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App