कपिलवस्तु- सत्तारुढ नेकपाबाट कपिलवस्तुका २ जना राष्ट्रिय सभाको निर्वाचनका लागि सिफारिस भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको हो। कपिलवस्तुबाट राजनीति गरेका शीर्ष नेता बेदुराम भुसाल र नेतृ विमला घिमिरेलाई उम्मेदवार बनाएको हो।
प्रदेश ३ बाट अन्य कोटामा भुसाललाई उम्मेदवार बनाएको छ। नेकपाका चर्चित शीर्ष नेता बेदुराम भुसाल स्थायी कमिटी सदस्य हुन्। उनले हालै डाक्टरको उपाधि हासिल गरेका थिए। त्यस्तै नेतृ विमला घिमिरे नेकपाकी केन्द्रीय सदस्य हुन्। प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा सदस्यमा महिला तर्फबाट घिमिरे उम्मेदवार बनेकी हुन्। घिमिरे बाणगंगा नगरपालिकामा मेयरमा पराजित भएकी थिईन्।
त्यस्तै प्रदेश ५ बाट जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक), गोपाल भट्टराई (अन्य) छन्। पार्टीको बिहीबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुंगो लगाएको जनाएको छ।
प्रकाशित: १८ पुस २०७६ ११:२९ शुक्रबार