३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सभा बैठकमा कांग्रेस र राजपाको अवरोध, एक बजेसम्मका लागि बैठक स्थगित

धनगढी – नेपाली कांग्रेस र राजपाका सांसद्ले प्रदेश नम्बर सातको प्रदेश सभा बैठकमा अवरोध गरेका छन्। संसद्ले राजधानीको स्थान र नाम तोक्नका लागि गठन गरेको विशेष सुझाव समितिले राजाधानीको नाम सुदूर पश्चिम र राजधानी गोदावरी–६ तेघरीनजिकको जंगलमा राख्न सिफारिस गरेकोमा असन्तुष्टि जनाउँदै बैठकमा अवराेध सिर्जना गरिएकाे हाे।

सभामुख अर्जुन थापाले प्रदेश सभा बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदले उठेर नारावाजी गर्दै अवरोध पु-याएका छन्।

सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि कांग्रेस र राजपाले अवरोध जारी नै राखेका थिए। अबरोधकाबीच सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावललाई धारणा राख्ने समय दिएका थिए। रावले संसद्ले राजधानीको स्थान र नाम तोक्नका लागि गठन गरेको विशेष सुझाव समितिलेकाे सिफारिस अस्विकार्य रहेको धारणा राखेका थिए। उनले असमति जनाउने वित्तिकै कांग्रेस र राजपाका सांसदहरुले रोस्टम अगाडि नै गएर नाराबाजी गरेका थिए।

‘विधि पद्धति कायम गर, जनताको भावनाको कदर गर’ भन्दै उनीहरु विरोधमा उत्रिएपछि आजै दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। प्रदेश नम्बर सातको प्रदेश सभा बैठकमा यसरी नाराबाजी भएको पहिलो पटक हो।

प्रकाशित: १२ आश्विन २०७५ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App