२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

शेरा दरबार प्रकरणबारे दाहाल: ‘जग्गा सार्वजनिक हो भने सरकारको मातहत ल्याऊ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गासँग आफ्नो पार्टी नेतृत्वलाई जोड्ने प्रयासप्रति आपत्ति जनाउँदै सरकारले तत्काल जग्गालाई आफ्नो मातहतमा ल्याउनुपर्ने माग गरेका छन्।

झापाको गौरीगञ्जमा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “१२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिहरूसँग जोडेर शेरा दरबारको जग्गामा हाम्रो पार्टी नेतृत्वलाई बदनाम गर्ने प्रायोजित प्रयास भइरहेको छ। यदि त्यो जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हामी पूर्ण साथ दिनेछौं। नत्र यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ छैन।”

अध्यक्ष दाहालले भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको दोहोर्‍याउँदै भने, “प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरूलाई स्पष्ट भनेको थिएँ— भ्रष्टाचारीलाई खोज्दै जाँदा प्रचण्ड नै आए पनि नछाड्नू। अहिले पनि भन्न चाहन्छु, यदि हाम्रा पार्टी नेताहरू दोषी देखिए भने पनि कारबाही हुनुपर्छ।”

अध्यक्ष दाहालले आफ्नो पार्टीले सुशासन, सामाजिक न्याय, र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गर्दै दलाल र बिचौलियामुक्त नेपाल निर्माण गर्ने उद्घोष गरे।

झापाको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूको स्वागत गर्दै अध्यक्ष दाहालले नयाँ जोश र भरोसासहित माओवादी केन्द्र देशव्यापी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १५ पुस २०८१ १६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App