३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सरकार समक्ष माग गरेकी छिन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले सहकारी ठगी प्रकरणमा पोखरा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेकी हुन।उनले लामिछानेले प्रमाण नष्ट गर्ने तथा भाग्ने कुनै सम्भावना नरहेकाले थुना बाहिर राखेर अनुसन्धान गर्न सकिने बताइन। उनले रास्वपाले पोखरामा सडक आन्दोलन गरेर न्यायपालिकालाई प्रभावित गर्न नखोजेको स्पष्ट पारिन। पार्टी सभापति पक्राउ पर्दा कार्यकर्ताहरू स्वतःस्फूर्त रुपमा भेला भएका भन्दै गलत मनसायले आफूहरूले आन्दोलन नगरेको बताइन।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कानुन सबैलाई बराबरी लाग्ने भन्दै रवि लामिछाने पक्राउको विरुद्धमा नारा जुलुस नगर्न रास्वपालाई आग्रह गरिन। उनले संयम र धैर्य रहन आग्रह गरिन।

त्यस्तै नेकपा(एमाले)का सांसद रघुजी पन्तले कुनै व्यक्तिलाई न्यायिक अनुमति बिना प्रहरीले थुनामा राख्दा मात्रै त्यसको विरुद्ध बोल्न सकिने बताए।उनले न्यायपालिकाको अनुमतिमा व्यक्ति पक्राउ पर्दा नाराबाजी गर्नु न्यायालयलाई दबाब दिनु भएको बताए।सांसद पन्तले न्यायालयलाई दबाब दिने गरी जुलुस तथा नाराबाजी गर्नु नहुने धारणा राखे। 

प्रकाशित: १२ कार्तिक २०८१ १८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App