१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले काठमाडौंमा भोलि तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको सभाको तयारी पूरा भएको जनाएको छ। माओवादीले शनिबार काठमाडौंमा खबरदारी सभा गर्ने भएको हो। 

सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्। प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ। प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनलाई  सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।

माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध देशैभरी कार्यक्रम गर्ने जनाएको छ। माओवादीका अनुसार बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन्।त्यसपछि जुलुस सुरु हुने छ। जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप अगाडीको सडकमा पुगेर सभामा परिणत हुने छ। 

सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोकेर आउने उपाध्यक्ष अग्नी सापकोटाले बताए। उनले सरकारले सय दिनमा गरेका काम विरोधसभामै सुनाउने बताए। सापकोटाका अनुसार प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ ।

ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ। 

प्रकाशित: ९ कार्तिक २०८१ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App