२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनप्रतिनिधि जनताप्रति जबाफदेही हुनुपर्छ: डा. तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले जनप्रतिनिधि जनताप्रति उत्तरदायी र जबाफदेही हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस सोसाइटीले आज (आइतबार) भक्तपुर आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सांसद कार्कीले जनताप्रति जबाफदेही भएर काम गर्न सके मात्रै देश बन्ने उल्लेख गरिन्।

उनले भनिन्, “अबको नेतृत्व भनेको शासक होइन, सेवक हुन सक्नुपर्छ, जनता र देशप्रति जबाफदेही बन्नुपर्छ।”

कार्यक्रममा रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीको राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौंमा हुन लागेको जानकारी दिए। उक्त भेलामा मुख्यरुपमा अधिवेशनका विषयमा छलफल हुने उनको भनाइ थियो।

प्रकाशित: ३० भाद्र २०८१ १९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App