१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको कानुन विभागमा दश सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुन विभागमा सदस्य मनोनयन गरेका छन् ।  

सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम विभागमा शुक्रबार १० जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।  

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, विभागमा कञ्चनपुरका शिवराज पाण्डे, सुर्खेतका कमलबहादुर खत्री र ध्रुव श्रेष्ठ, कास्कीका दुर्गाबहादुर सुनार र दाङका दीपकराज गौतम विभाग सदस्य बनेका हुन् ।

यस्तै रुकुम पश्चिमका रामचन्द्र गौतम, धादिङका खिल गिरी, काभ्रेकी मन्दिरा शर्मा, धनुषाका अनिलकुमार कर्ण र संखुवासभाकी शोभा घिमिरे पनि विभाग सदस्यमा मनोनयन भएको पौडेलको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: १४ भाद्र २०८१ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App