२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सदन र सडकमा बलियो दख्खल राख्ने जसपा नेपालको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालले सदन र सडकमा बलियो दख्खल राख्ने निर्णय गरेको छ।

ललितपुरको सानागाउँमा २७ साउनमा सुरु भएको जसपा नेपालको केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो दख्खल राख्दै संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो।

बैठकले जसपा नेपालको पाँच लाख क्रियाशील सदस्य पुर्‍याउने गरी केन्द्रीय सदस्य बैठकले पार्टीको लक्ष्य र कार्यदिशा निर्धारण पनि गरेको छ। आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टीपंक्ति नेतृत्वलाई संगठन निर्माणमा होमिन अध्यक्षले निर्देशन पनि दिएका छन्। 

त्यस्तै आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो शक्तिको रुपमा स्थापित गर्ने गरी ग्रास रुटका जनतामा होमिन पनि अध्यक्षले आह्वान गरेका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक एवं जनअभियानको प्रतिवेदन भने सर्वसम्मतले पारित भएको छ।

बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरूको कार्य विभाजन पनि गरेको छ। जनअभियानको सुरु भने यही भाद्र ९ गते काठमाडौंमा औपचारिक कार्यक्रम गरी गर्ने बैठकले निर्णय गरेको छ।

प्रथम चरणमा यो जनअभियान चार महिनाको लागि मंसिर मसान्तसम्मको लागि तोकिएको छ।  

प्रकाशित: ३० श्रावण २०८१ १७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App