१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले नेता रिजालको आरोपः कांग्रेस महामन्त्री गठबन्धन बिच्काउन लागेका छन्

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली कांग्रेसका महामन्त्रीहरू गठबन्धन बिच्काउन लागेको आरोप लगाएका छन्।

बुधबार एक्स (ट्विटर)मा अभिव्यक्ति सार्वजनिक गर्दै रिजालले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले गठबन्धन बिच्काउन लागेको आरोप लगाएका हुन्।

‘खासमा कांग्रेसका महामन्त्री मित्रहरूलाई आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले खुबै सताएको छ,’ रिजालले लेखेका छन्,‘हिजो माओवादीसँग सरकार हुँदा त्यसलाई कसरी बिच्काउने भनेर लाग्नुभएको थियो, आज एमालेसँग सरकार हुँदा पनि सुरुदेखि नै कसरी बिच्काउने भनेर कस्सिनुभएको छ।’

रिजालले अगाडि कांग्रेस महामन्त्रीद्वयलाई ‘आफ्नै पार्टीमा कुनै काम गर्न गराउन नसक्ने नेता’ भन्दै टिप्पणी गरेका छन्। ‘आफ्नै पार्टीमा भनेको कुनै काम गर्न/गराउन नसक्ने नेताले सरकार र समीकरणका बारेमा अनावश्यक चिन्ता नगरेकै बेस होला,’ रिजालले अगाडि लेखेका छन्।

प्रकाशित: ३० श्रावण २०८१ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App