११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुखले जब रास्वपा सांसदको माइक काटे...

आठ दिनपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरुमै विवादमा परेको छ। दिउँसो सुरु भएको बैठकमा विपक्षी सांसदहरूले बोल्ने समय मागेपछि आकस्मिक समयका लागि सभामुख देवराज घिमिरेले सांसदलाई तीन/तीन मिनेटको समय दिएका थिए। 

यस्तोमा सांसदहरूलाई सडक दुर्घटना र हवाई दुर्घटनाका विषयमा धारणा राखिरहेका थिए। यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सांसद हरि ढकालले पनि धारणा राखिरहेका थिए। सुरुमा उनले दुर्घटनासँग सम्बन्धित विषयमै धारणा राखेका थिए। त्यो राखिसकेपछि उनले विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयमा बोल्न थाले।

ढकालले फरक विषयमा प्रवेश गरेपछि सभामुख घिमिरेले विषयान्तर भएको भन्दै उनको माइक काटिदिए।

आफ्ना सांसदको बोल्दाबोल्दै माइक काटिएपछि रास्वपाका अन्य सांसद पनि उभिएर विरोधमा उत्रिए। जसमा सभामुख घिमिरेले पटक–पटक बसेर बैठक सुचारु राख्न आग्रह गरिरहे।

त्यसै क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए। तर, उनले बोल्दाबोल्दै सांसद ढकालको लाइन काटिएको भन्दै उनलाई बोल्न समय दिन आग्रह गरेर बसे। तर, सभामुख घिमिरेले तत्काल ढकाललाई समय दिएनन्। 

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समय पाए। उनले विपक्षी सांसदलाई पेल्ने किसिमले यस्तो व्यवहार नगर्न र आकस्मिक समयमा सबै विषयमा छलफल गर्न दिन सभामुखलाई आग्रह गरे।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा सञ्चालन नियमावलीमा भएको व्यवस्था पढेर सुनाउँदै आकस्मिक समयसम्बन्धी व्यवस्थाबारे जानकारी दिँदै थप विषय विशेष समयमा छलफल गर्न सकिने भन्दै ध्यानाकर्षण गराउन कोसिस गरे।

तर, रास्वपा सांसद मानेनन्। त्यसपछि विपक्षी सबैजसो दल उभिएर बैठक असन्तुष्टि जनाउन थाले।

यसरी केही समय अवरुद्धपछि सभामुख घिमिरेले सांसद ढकाललाई पुनः बोल्न दिए  र बैठक अहिले सुचारु भएर शून्य समयमा प्रवेश भएको छ।

प्रकाशित: २९ श्रावण २०८१ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App