२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।तीन दिनसम्म चल्ने बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बैठकमा गत फागुनमा भएको महासमिति बैठकको निर्णयलाई अन्तिम रुप दिने, आन्तरिक संगठनलाई चुस्त बनाउने, भ्रातृ संस्थाको अधिवेशनसहितका समसामयिक विषयमा छलफल हुनेछ।फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।

बैठकमा महासमितिमा नीति, साङ्गठनिक, समसामयिक विषय बारेका प्रस्ताव र प्रतिवेदनमा सदस्यहरूले सुझाव दिनेछन्।

बैठकले प्रत्येक केन्द्रीय सदस्यलाई संगठन सुदृढीकरणका लागि जिल्लामा खटाउनेबारे आवश्यक निर्णय लिने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित: २३ श्रावण २०८१ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App