२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

समावेशी चरित्रलाई बाधा नआउने गरी संविधान संशोधन गर्नुपर्छ: नेता कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

आइतबार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोइरालाले संविधानका उल्लेख भएको समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन।उनले राजनीतिक स्थायित्वको लागि नेपाली काँग्रेस र नेकपा९एमाले० सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे।

उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने बताए। मिश्रित निर्वाचन प्रणालीबाट कुनैपनि राजनीतिक दलको बहुमत नआउने भन्दै उनले दलहरुको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए। उनले संविधान अनुरूप विभिन्न जातजातिको प्रतिनिधित्व भने सुनिश्चित गर्नुपर्ने बताए।

नेता कोइरालाले सरकारले सुशासन कायम गर्नुपर्ने बताए । उनले भ्रष्टाचारमुक्त समाज बनाउने कुरालाई सरकारले नजरअन्दाज गर्न नमिल्ने पनि बताए । उनले संसदका दुई ठुला दलहरू नेपाली काँग्रेस र नेकपा(एमाले)मिलेर सरकार बनाउँदा निरङ्कुशता जन्मिने आशङ्का सबैलाई रहेको भन्दै गलत कामको विरुद्ध आवाज उठाउँदा सही दिशामा अघि बढ्न सकिने बताए।

नेता कोइरालाले नेपाली काँग्रेस पार्टीलाई पुरानो अवस्थामा फर्काइछाड्ने बताए। उनले पार्टीलाई मजबुत बनाउनका लागि सक्रियतापूर्वक पार्टी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे।

प्रकाशित: २० श्रावण २०८१ १८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App