४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली सरकारमा थपिए तीन राज्यमन्त्री, कांग्रेसका २ र नाउपाका एकजना नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा तीनजना राज्यमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री ओलीको सिफारिसमा नेपाली कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एकजना गरी तीनजना राज्यमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार नियुक्त हुने राज्यमन्त्रीमा कांग्रेसका तर्फबाट समानुपातिक सांसद रुपा विक र रामेछापबाट निर्वाचित सांसद पूर्णबहादुर तामाङ राज्यमन्त्री नियुक्त भएका छन्।

विकलाई वन तथा वातावरण राज्यमन्त्री र तामाङलाई ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै राज्यमन्त्री लिएर सरकारमा सहभागि भएको नागरिक उन्मुक्तिबाट अरुण चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री नियुक्त भएका छन्।

नव नियुक्ति राज्यमन्त्रीहरूले शुक्रबारै सपथ लिने तयारी छ। योसँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिमण्डल २५ सदस्यीय हुँदै पूर्ण बनेको छ।

प्रकाशित: १८ श्रावण २०८१ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App