२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ’

नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज चितवनले शनिबार आयोजना गरेको २५औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा  उनले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताए।

उनले भने, ‘प्रजातान्त्रिक विचार समाजले कांग्रेसलाई सुधार गर्न लाग्नुपर्छ ।’ अहिले कांग्रेस–कम्युनिष्टहरूसँग नजिकिँदा यो अवस्था आएको भन्दै उनले अब कांग्रेसलाई सुधारको बाटोेमा लैजान आवश्यक रहेको बताए । आम जनताको गुनासो सुन्दै कांग्रेस सुधार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्दप्रसाद पोख्रेलले अहिलेको बजेट र यसले समाजमा पार्ने प्रभावका बारेमा धारणा राखेका थिए । अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको असहमति आपसी छलफलबाट टुङ्ग्याएर अघि बढ्नसके मात्रै राम्रो हुने बताए। सहमति र छलफलका लागि मध्यस्थकर्ताको भूमिकामा विचार समाजले काम गर्नुपर्ने उनले बताए।

समाजका अध्यक्ष  कुलचन्द्र वाग्लेले समाज पार्टीको भ्रातृ संस्था नभएको भन्दै पार्टीभित्रको समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा प्रकट गर्ने र मध्यस्थर्ताका भूमिका निर्वाह गर्ने बताए।

सो अवसरमा समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले वर्तमान राजनीतिक अवस्थाका सकारात्मक र सुधारात्मक पक्षका विषयमा आफ्नो धारणा राखेका थिए । समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शोभाखर पराजुली, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले आफ्ना धारणा व्यक्त गरेका थिए । 

प्रकाशित: १२ श्रावण २०८१ २०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App