२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मध्यरातको सहमतिबारे ओलीको प्रतिक्रिया: थकाइ लागेका सुत्छन्, नलाग्ने काम गर्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले एकाले कांग्रेसबीच मध्यरातमा भएको सहमतिबारे प्रतिक्रिया दिएका छन्।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले राजनीतिक पार्टीहरूबिच हुने सहमतिको समय तोकिएको नहुने बताएका हुन्।

उनले भने, 'राजनीतिक पार्टीहरूबिचको सहमति पनि कति बजे हुन्छ भनेर तोकिएको छ। यती बजे अफिस अफ हुन्छ भन्ने हुन्छ र, राजनीतिक पार्टीहरूको कहिल्यै अफिस अफ हुँदैन। यो समय गतिशील छ। त्यति बेला थकाइ लागेकाहरू सुत्छन्। उनीहरु दिउँसो पनि सुत्छन्। थकाइ नलागेकाहरू बस्छन् काम गर्छन्। लेखकहरू बस्छन्, बिचार विमर्श गर्नेहरू बस्छन्। अरु पनि बस्छन्।'  

प्रकाशित: ७ श्रावण २०८१ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App