२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधन गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो, सबैलाई समेट्छौंः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दललाई समेटेर संविधान संशोधन गर्दै विद्यमान जटिलता हटाउन वर्तमान सत्ता साझेदार दलहरू प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै सभापति देउवाले यस्तो बताएका हुन्।

‘संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ,’ सभापति देउवाले भने,‘यसको सबल पक्ष, दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक संशोधन गर्दा लोकतन्त्रको सुन्दर पक्ष छ।’

संविधान संशोधन गर्दा संघीय लोकतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने सभापति देउवाले बताए। यसकाममा सबै दललाई समेटेर लैजानेमा आफूहरू प्रतिबद्ध रहेको सभापति देउवाले बताए।

वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयन, लगानीको वातावरण तयार गर्दै आर्थिक शिथिलतालाई हटाउँदै रोजगारी लाई थप प्रवर्द्धन गर्न मद्दत गर्नेमा पनि सभापति देउवाले विश्वास व्यक्त गरे।

प्रकाशित: ६ श्रावण २०८१ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App