४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

यस्तै आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन्।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नेछन्।

साथै उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।

नेकपा माओवादीसँगको सहकार्य तोडेर एमालेले नेपाली कांग्रेससँग सहकार्य गरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

प्रकाशित: ६ श्रावण २०८१ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App