१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

स्वर्णीमले कुट्छु भनेर धम्की दिएपछि मुकुलले गुहारे प्रहरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले पार्टीका उपसभापति स्वर्णीम वाग्लेले आफूलाई धम्की दिएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा उनले पार्टीका उपसभापति वाग्लेले फोन गरेर आफूलाई कुट्ने  धम्की दिएको भन्दै सुरक्षाका लागि प्रहरीसँग गुहार मागेको बताएका छन्।

उनले लेखेका छन्, ‘स्वर्णीम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइन्। मसँगै बसेका भाईलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन लगायत अनेक भनेकाले हिजै राति इलाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’

यो पनि पढ्नुहोस्

मुकुलले ‘प्रस्ताव यात्रा’ गर्ने: ‘जनताको कुरा कालो कोठाभित्र गर्नुपर्ने हो ? सोध्छु’

प्रकाशित: ३० असार २०८१ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App