४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रमेश लेखकलाई रविको चुनौती: जनकपुरको ९ हजार बिगा जग्गाको अनुसन्धान गरेर स्टन्ट गर्नुस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस सांसद रमेश लेखकलाई जनकपुर को ९ हजार बिगा जग्गाको अनुसन्धान गरेर स्टन्ट गर्न चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले हल्ला सुनिए अनुसार माननीय रमेश लेखक आगामी सरकारमा गृहमन्त्री बन्ने सुनेको बताउँदै उनले सो जग्गाको अनुसन्धान गर्न चुनौती दिएका हुन्।

उनले भने, 'हल्ला सुनिए अनुसार माननीय रमेश लेखक सम्भवतः सम्भावित गृहमन्त्री बन्दै हुनुहुन्छ रे, सुनेको। तपाईँले मलाइ स्टन्ट गरेको भन्नु भयो। बाँसबारी जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट भएछ भने तपाइबाट यही अपेक्षा गर्दछु। बाल मन्दिर को जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट भन्नुहुन्छ भने माननीय ज्यूबाट म त्यही स्टन्टको अपेक्षा गर्दछु। जनकपुर को नौ हजार बिगा जग्गाको अनुसन्धान सुरु भएको छ त्यो नरोकी मात्र स्टन्ट गर्नुहोला।' 

प्रकाशित: २८ असार २०८१ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App