१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले शुक्रवार संसदमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार संसदमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शुक्रवार संसदमा रहेका नेपाली कांग्रेसका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

नेकपा एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। उनले शुक्रवार संसदमा विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित: २७ असार २०८१ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App