२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पेश हुने

राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजे बस्ने छ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।

साथै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने पनि आजको कार्यसूचीमा तय गरिएको छ।

अध्यक्ष दहालले विषयगत समितिमा माननीय सदस्यको नाम मनोनयन गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहालले संवत २०८१ साल जेठ १ गते राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ।

यस्तै, अध्यक्ष दहालले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने छन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेश गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेश गर्ने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले “सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूचि रहेको छ।

प्रकाशित: ८ जेष्ठ २०८१ ०८:२६ मंगलबार

national_essembley #narayan_dahal #rekha_sharma #damodar_bhandari #media_council