७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्रीले सभामुखलाई लेखेको पत्रमाथि कांग्रेस पदाधिकारी बैठकमा भयो छलफल

नेपाली कांग्रेसले रवि लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल गरेको छ।

पार्टीको जारी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल भएको हो।

बैठकमा रवि लामिछानेले सदनमा बोल्न पाउँ भन्दै सभामुखलाई बुझाएको पत्रबारे सामान्य छलफल भएको उपसभापति धनराज गुरुङले जानकारी दिए।

तर बोल्न दिने वा नदिने भन्ने विषयमा निर्णय नभएको उनले बताए। सो कुराको निर्णय भोलि बस्ने संसदीय दलको बैठकले गर्ने उनको भनाइ छ।

त्यस्तै बैठकले संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने पनि निष्कर्ष निकालेको छ। 

प्रकाशित: २६ वैशाख २०८१ १७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App