१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

उद्योग र उद्यमशीलताको विकासविना मुलुक समृद्ध बन्दैन: मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन्।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलन अछाममा उनले उद्यमशीलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए।

उनले उद्योग र उद्यमशीलताको विकासविना मुलुकमा समृद्धि नआउने बताए। मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे।

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए।

उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए। उनले भने, ‘स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो।’

 -रासस

प्रकाशित: २२ वैशाख २०८१ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App