२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जापानी परराष्ट्रमन्त्री खामिखावा वैशाख २३ मा नेपाल आउने

जापानकी परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउन लागेकी छिन्।

जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख अर्थात् वैशाख २३ नेपाल भ्रमणा गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ।

अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ मा श्रीलङ्काको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ। श्रीलङ्काको बसाइपछि उनी ५ मे मा नेपाल आइपुग्ने छिन्।

काठमाडौं रहँदा उनले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ।

भेटका क्रममा नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने बताइएको छ। साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ।

परराष्ट्रमन्त्रीसँगको भेटवार्तालगत्तै परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौंबाट टोकियो फर्कने विदेश मन्त्रालयले जनाएको छ।

सन् २००० मा तत्कालनी जापानी प्रधानमन्त्री योसिरो मोरीको भ्रमण पछि यो दोस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो।  

प्रकाशित: १६ वैशाख २०८१ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App