१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभाको विशेष अधिवेशन

कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ। कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौं अधिवेशनको माग गरे।

प्रकाशित: ६ वैशाख २०८१ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App