३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेसले सहकारी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय बनाउन मिल्दैनः मनिष झा

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन्।

उनले सहकारी लगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गरे।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराए। उनले आफ्नो पार्टीको सुशासनमाथिको प्रतिवद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताए। सांसद झाले देशलाई यही व्यवस्था भित्र सुशासनको माध्यामबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दाबी समेत गरे।

उनले भने, ‘सुशासन नपाएर यो देशमा समस्या भएको हो। र ती सबै चिजको समाधानका लागि गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बनेको हो। हामी यही व्यवस्थामा फरक अवस्था सुधारिएको अवस्था चाहन्छौ भनेर आएको हो। र राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै त्यही मुद्दाको आधारमा भएको हो। त्यसैले हामीबाट सुशासन नपाइएला कि वा सुशासनका लागि हामीले अवरोध सुजना गर्ला कि भनेर आशंका कतै नगरिदिनुस्। किनकी हाम्रो दलको सृजना र स्थापनाको आधार नै त्यही हो। त्यसैले त्यसमा आशंका नगरिदिन अनुरोध गर्दछु। यो सदनमा बोल्नु पाउनु पर्छ भन्ने कुरा नियमावलीका खुलस्त व्यवस्था गरिएको छ। यो सदनमा निराधार कुनै व्यक्तिप्रति पटक पटक निराधार लाञ्छनाहरु लगाउन पाइदैन भनेर पनि भनिएको छ । कानूनले कुनै निर्णय दिईसकेको छैन। सुरक्षा निकायले आफ्नो सूचना दिईसक्यो। देशको सम्माननीय प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति दिइसक्नु भयो। त्यो चौकीमा गएर कसैले दिईसकेको एउटा उजुरी हो। जुन दर्ता भएको छैन। त्यहाँ आफ्नो प्रायोजित पत्रकारहरुलाई केही लेख्न लगाइएको सूचना मात्रै हो। त्यसमा प्रश्न छ। निष्कर्ष छैन। तर त्यसको आधारमा पटकपटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति पनि हाम्रो आपत्ति छ। आउनुस–कानूनी रुपमा जाउ। आउनुस प्रक्रियागत रुपमा जाउँ। कति कुण्ठा पालेर बस्नुहुन्छ ? त्यसैले यस्तो राजनीति नगरौं। हामीले न्यूनतम साझा कार्यक्रम पहिलो बनायौं।’

प्रकाशित: २८ चैत्र २०८० १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App