२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

व्यवस्था विरोधी प्रदर्शन गर्दै राप्रपा, निषेधित क्षेत्र तोड्ने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौं उपत्यकामा व्यवस्था परिवर्तनको माग राख्दै प्रदर्शन गर्न लागेको छ।

आज बिहान ११ बजेबाट काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्ने र विरोध प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको छ। साथै माईतीघर मण्डलालगायत सरकारले आन्दोलन गर्न निषेध गरेका निषेधित क्षेत्रहरु तोड्ने योजनासहित राप्रपाले प्रदर्शन गर्ने तयारी गरेको छ।

लोकतन्त्रमा आन्दोलन गर्न पाउने नागरिकको अधिकारलाई सरकार कुण्ठित गरेको भन्दै राप्रपाले निषेधित क्षेत्र आफूहरुलाई मान्य नहुने र शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी हस्तक्षेप भए स्वीकार्य नहुने बताएको छ।

यता, प्रशासनले आन्दोलनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App