२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याए: रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन्। 

पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका हुन्।

उनले भने, 'मैले तीन महिनादेखि खाना खाएको छैन। कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के। आत्महत्या गर्ने परिस्थितिसम्म पुगाइसके। केही पनि मान्दै मान्दैनन्। केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन्। पार्टी कसले चलाइरहेको छ ? पदीय लोलोपता धेरै भयो। अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ।'

उनले आफ्नो पार्टी वर्तमान सरकारले चलाइदिँदा समस्या उत्पन्न भएको पनि बताए।

प्रकाशित: १९ चैत्र २०८० १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App