२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व प्रधानमन्त्री डा.भट्टराईले गरे आफैँलाई 'मुर्ख' करार

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक अवस्थालाई निरङ्कुश पञ्चायती कालरात्रीसँग तुलना गर्दै आफूलाई ‘मुर्ख’ करार गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो पुरानो फोटोसहित पोस्ट गरेको स्टाटसमा उनले लेखेका छन्, ‘बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयाँ ढङ्गले राजनीतिको अग्रगामी पुर्नसंरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!’

उनले मुलुकको बिग्रदो आर्थिक अवस्था, युवा पलायनले मुलुकको विकास र समृद्धि हुन नसक्ने भन्दै उनले जबसम्म आर्थिक क्रान्ति आउँदैन तबसम्म देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने बताएका छन्।

नयाँ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ–देशको अहिलेको राजनीतिक अवस्था करिबकरिब २०३३/०३४ सालको निरङ्कुश पञ्चायती कालरात्री जस्तो रहेको पनि उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘मण्डलेतन्त्रको बिगबिगी थियो। जनतामा चरम निराशा थियो। प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए। बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासँग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट ‘गद्दार’ घोषित भएर एक्लिएका थिए!’

‘दिनदिनै रेडियोबाट समाचार आउँथ्यो–आज प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पञ्चायत प्रवेश गरे! भोलि प्रनेकपा (प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पञ्चायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे–राजाको निरङ्कुश ‘पञ्चायती प्रजातन्त्र’ सय वर्ष टिक्नेभयो!’

अर्को वर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसङ्ग्रह गराउन बाध्य भए! राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पञ्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले! फेरि पनि जनमत सङ्ग्रहमा बहुदललाई धाककधली गरेर हराइयो!

पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिककएकै अवस्थामा ‘गद्दार’ कै पगरी भिरेर संसारबाट विदा भए! बिपीले केही वर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।

दश वर्षभित्र अर्को जनआन्दोलन उठ्यो। बहुदल पुर्नस्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाल सजिए।

परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाकक पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश वर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन÷मधेसविद्रोह लगायतका सङ्घर्षको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो!

तर, इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक÷सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेकाछन्।

के इतिहासको गति रोकिन्छ त? भनिन्छ– इतिहास दोहोरिन्छ, किनकी मानिसले आफ्नो गल्ती दोहोर्याउँछ! गल्ति सच्याउ, इतिहास दोहोरिन नदेउ!

प्रकाशित: १९ चैत्र २०८० ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App