४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अन्ततः नेकपा एसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेकपा (एकीकृत समाजपादी) अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन राजी भएको छ। मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख तीन नेताहरुबीच भएको छलफल पछि नेकपा एसले यो निर्णय गरेको हो।

मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल भएको थियो। 

नेकपा एसका प्रवक्ता जनन्नाथ खतिवडाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन कुनै संकट नभएको बताए। ‘त्यो त दिनेनै हो नी, त्यसमा के संकट छ र?’, उनले भने।  प्रधानमन्त्री दाहालले बुधबार विश्वासमा मत लिदैछन् भने आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुदैछ।  

आज बिहानसम्म पनि नेकपा एसका अध्यक्ष नेपालले विभिन्न माग राखेर सत्ता साझेदार दुई नेतासँग छलफल गरेका थिए। उनले प्रधानमन्त्रीले आफ्ना मागमा लिखित सहमति नगरे विश्वासको मत नदिनेसम्मको चेतावनी दिएका थिए। एकीकृत समाजवादीका तर्फबाट सरकारमा दुई मन्त्री सहभागी छन्। बालुवाटार आज बिहान भएको बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित फेरी छलफल गरेका थिए।

प्रकाशित: २९ फाल्गुन २०८० ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App