४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चाको बैठक सुरु हुँदै

फाइल तस्बिर

समाजवादी मोर्चाको बैठक अबको केहीबेरमा सुरु हुँदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा सुरु हुने बैठकमा विभिन्न राजनीतिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको एकीकृत समाजवादीका प्रवक्ता जगनन्नाथ खतिवडाले बताए।

बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुने उनले बताए।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

प्रकाशित: ६ फाल्गुन २०८० ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App