३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महासमितिमा पेस गर्ने प्रस्तावमा छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टी महासमिति बैठकमा पेस गर्ने विभिन्न प्रस्तावका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा फागुन ७ देखि १० गतेसम्म हुेन महासमिति बैठकमा पेस गर्ने राजनीतिक, सांगठनिक, नीति तथा कार्यक्रमसहितका प्रस्तावमा छलफल हुनेछ। त्यसका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि बैठकमा छलफल हुनेछ।

केन्द्रीय समिति बैठकअघि बुधबार प्रचार विभागले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपसभापति पूर्णबहादुर खड्का नेतृत्व समितिले पार्टीको नीति तथा कार्यक्रम तयार गरेको छ।

महासमिति बैठकमा छलफल हुने वर्तमान सरकार, सत्ता गठबन्धनका विषयमा कांग्रेसभित्र एकमत छैन। हिन्दु राज्य स्थापनासहितका माग लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा जाने तयारी गरिरहेको छ।

सोही बेला हुन लागेको कांग्रेस महासमितिका बहुमत सदस्यहरू पनि हिन्दु राज्य स्थापनाको पक्षमा उभिने तयारीमा नेताहरू सक्रिय छन्। तत्कालीन पार्टी सभापति सुशील कोइराला नेतृत्वमा जारी भएको वर्तमान संविधानको संशोधन कांग्रेसले चाहेर मात्र सम्भव छैन।

सत्ता साझेदार माओवादी केन्द्रसहितका अन्य दल र विपक्षी एमाले अहिले नै हिन्दुराज्य स्थापनको पक्षमा उभिइसकेका छैनन्। उनीहरू त्यसका लागि तयार नभएसम्म कांग्रेस महासमिति बैठकले प्रस्ताव पारित गरे पनि निर्णयमा पुग्नेछैन।

कांग्रेसभित्रै पनि सो विषयमा एकमत नहुँदा कांग्रेस महासमिति बैठक अन्तिम समयमा स्थगित हुन सक्ने आशंका पनि नेताहरूले गर्दै आएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार÷गठबन्धनका विषयमा पनि पार्टी महामन्त्रीसहित इतर पक्ष र संस्थापन पक्षको अलग मत रहँदै आएको छ। इतर पक्ष अहिलेको गठबन्धनको विपक्षमा छ भने संस्थापन पक्ष यसकै निरन्तरता दिन चाहन्छ।

पार्टी विधानअनुसार महाधिवेशन हुनेबाहेकका हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने हुन्छ। तर १४औं महाधिवेशनपछि अहिलेसम्म एकपटक पनि महासमिति बैठक गरेको छैन। यसअघि तीनपटक स्थगित महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने निर्णय कांग्रेसले गरेको छ।

प्रकाशित: ३ फाल्गुन २०८० ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App