१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशमै उद्योग दर्ता र नवीकरणको व्यवस्था गर्छौं: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमै उद्योग दर्ता र नवीकरणको व्यवस्था गर्न लागिएको बताएका छन्।

सोमबार उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले प्रदेशमै उद्योग दर्ता र नवीकरणको व्यवस्था गर्न लागेको बताएका हुन्।

कार्कीले सरकारले ऐन र नियमावली बनाइसकेकाले अब, संरचना तयार पारेर कार्यान्वयनमा लैजाने तयारी गरिरहेको जानकारी दिए। ‘अब, उद्योग दर्ता र नवीकरणका लागि काठमाण्डौं धाउनुपर्ने अवस्था अन्त्य हुँदैछ’ कार्कीले भने‘प्रदेशमै सहज रुपमा उद्योग दर्ता र नवीकरण गर्ने व्यवस्था मिलाउँदैछौं।’ कार्कीले उद्योग दर्ता, नवीकरण देखि सबै प्रक्रियाहरूमा प्रदेश सरकारले सहजीकरण गरी एक द्वार प्रणालीबाट कर लिने व्यवस्था गर्ने पनि जानकारी दिए। कार्कीले उद्योग, दर्ता, नवीकरण र कर तिर्नसमेत उद्योगीहरूले विभिन्न प्रक्रियागत झमेला  बेहोर्नु परेका कारण प्रदेश सरकारले एकद्वार प्रणालीबाट सबै काम हुने व्यवस्था गर्न तयारी गरिरहेको स्पष्ट पारे।

कार्कीले भने, ‘उद्योग स्थापना र सञ्चालनका लागि पुरा गर्नुपर्ने सबै प्रक्रिया एकै ठाउँबाट गर्ने व्यवस्था प्रदेश सरकारले गर्ने छ।’ उनले उद्योग स्थापना र सञ्चालनका लागि उद्योगीहरू धेरै वटा निकाय धाउनुपर्ने र लामो प्रक्रियागत झन्झट बेहोर्नुपर्ने अवस्था कोशी प्रदेशबाट अन्त्य गरिने स्पष्ट पारे। कार्कीले निजी क्षेत्र र सरकारबिचको परिभाषा कोशी प्रदेशबाट बदल्ने दाबी पनि गरे। ‘सरकार र निजी क्षेत्रलाई  अलग रुपमा परिभाषित गरिँदै आएको छ’ कार्कीले भने ‘कोशीबाट यसको परिभाषा बदल्दै निजी क्षेत्रलाई सरकारकै अंगकारुपमा स्थापित  गर्दैछौं।’ निजी क्षेत्र सरकारकै अंगभएका कारण सरकार र निजी क्षेत्र भिन्न रुपमा नभई सँगै अघि बढ्नुपर्ने कार्कीले बताए। उनले कोशी प्रदेश सरकार निजी क्षेत्रको सुझावअनुसार समस्या समाधानका लागि तयार रहेको स्पष्ट पारे।

कार्कीले प्रदेश सरकारले दक्षजनशक्ती उत्पादनकालागि प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीहरूलाई छात्रबृत्तीको व्यवस्था गरेको बताए। 

प्रकाशित: १ फाल्गुन २०८० १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App