२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धन सरकारका कारण देश ‘फेलियर’ को दिशामा: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेपालका सबै अङ्गहरू काम नलाग्ने भएको बताएका छन्। सबै सूचकहरू नकारात्मक दिशामा गइरहेको भन्दै उनले बिस्तारै देश भड्खालोमा जाने बताए।

गठबन्धन सरकारका कारण देश ‘फेलियर’ को दिशामा अगाडी बढेको उनको टिप्पणी थियो। सदरमुकाम सन्धिखर्कमा भएको एमालेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले मूलक अहिले स्वस्थ अवस्थामा नरहेको बताए।  गठबन्धनको हातमा मुलुक गएपछि देशका सबै ईन्डिकेटर नकारात्मक, जोखिमपूर्ण र ओरालो लागेको बताए।

‘मल्टिपल अर्गान फेलियर’ भएजस्तो देशको अवस्था पनि त्यसै दिशा तर्फ उन्मुख भएको उनले बताए। ‘पेट दुख्दा दुख्दै निमोनिया हुन्छ। निमोनिया सन्चो हुँदा नहुँदै फोक्सो बिग्रन्छ। फोक्सोको उपचार गर्दा गर्दै मृगौला फेल हुन्छ अनि बिस्तारै बिरामीको मृत्यु हुन्छ। ठ्याक्कै त्यही अवस्थाबाट देश गुज्रिरहेको  । यही चाल रहे देश भड्खालोमा जान्छ’उनले भने।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सत्ता जोगाउन गठबन्धनका साथीहरूले चाहिने नचाहिने सम्झौता गरेर अघी बढिरहेको उनले बताए। देशको मर्यादा वर्तमान सरकारले कायम गर्न नसकेको उनले बताए। सरकार परराष्ट्र नीतिका विषयमा गम्भीर नबनेको ज्ञवालीको आरोप छ। ‘सत्ता टिकाउन आफू अनुकूल हुने गरी सरकारले निर्णय गरिरहेको छ,उनले भने,‘हाम्रो राष्ट्रियतामाथि गम्भीर काला बादलहरू मडारिएका छन्, सरकार बेफिक्री छ।’ परराष्ट्र नीतिलाई ध्यान नदिई शक्तिकेन्द्र देशसँग अनावश्यक हिमचिम बढाएको विषय आपत्तिजनक रहेको उनको भनाई छ।

विदेशीहरूको आशीर्वादले सत्ता टिकाइरहने स्वार्थका कारण देशको परराष्ट्रनिती धमिलिँदै गएको उनले बताए। कहिल्यै कतै नढल्किएको परराष्ट्रनिती अहिलेको सरकारले बिस्तारै एकातिर ढल्काउँदै लगेको बताए। कुनै अमुख शक्तिकेन्द्र तिर झुकाव राखेर देशलाई अप्ठ्यारो पार्ने काम भइरहेको भन्दै उनले अहिले असंलग्नताको नीतिलाई थप मजबुत बनाउने, थप तटस्थता र सन्तुलित बनाउनु पर्नेमा जोड दिए।

प्रकाशित: २६ माघ २०८० १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App