२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डुडुवा गाउँपालिकामा विवाद, गाउँसभा स्थगित

जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण बाँकेको डुडुवा गाउँपालिकाको १५ औँ गाउँसभा स्थगित भएको छ। विवादकै कारण सभामा केही सदस्य अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेर सभा स्थागित भएको हो।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बिहीबार दिउँसो १५ औं गाउँसभा आह्वान गरेका थिए।

सभाको बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि सूचना टाँस गरेर स्थागित गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर सेजुवालले जानकारी दिए। अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थागित भएको उनले बताए।

डुडुवाको गाउँसभामा यसअघि पनि जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले सम्वद्ध जनप्रतिनिधिले विवाद सिर्जना गरेपछि विवादित बनेको थियो। 

प्रकाशित: ५ माघ २०८० ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App