२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राज्यमन्त्री चपाईद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

क्याप्शन

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन्। ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गरेकी हुन्।

राज्यमन्त्री चपाईले मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न सडकखण्डसँगै दिक्तेल-चखेवा, भोजपुरको चखेवा-लेगुवा र कोशी राजमार्गको खाँदबारी-भोटखोला किमाथाङ्का सडकखण्डको अवलोकन गर्ने कार्यक्रम छ।

आज बिहान पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री चपाईले यो क्षेत्रका सडकसँगै मन्त्रालयअन्तर्गत निर्माण भइरहेका अन्य संरचनाको अनुगमन गरिएको बताइन्।

अनुगमनपछि यहाँको अवस्था र गर्नुपर्ने कामका विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने उनले बताइन्।

“मन्त्रालयको निर्णयानुसार म यो क्षेत्रको स्थलगत अनुगमनमा निस्केकी हुँ”, राज्यमन्त्री चपाईले भनिन्, “अनुगमनका क्रममा यहाँका धेरै समस्याको पहिचान गरेका छौं। विकास–निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी ढङ्गले अघि बढाउन हाम्रो मन्त्रालय प्रतिबद्ध छ। यहाँ देखिएका समस्या समाधानका लागि मेरो तर्फबाट पहलकदमी हुनेछ।”

प्रकाशित: ८ पुस २०८० ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App