काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालको नयाँ निवास खुमलटारमा पार्टीको बैठक बसेको छ।
माओवादी स्रोतका अनुसार बैठक पार्टी एकताको विषयमा छलफल गर्न बोलाइएको छ। निर्वाचनमा चुनावी तालमेल गरेका माओवादी र नेकपा एमालेबीच निर्वाचन पछि पार्टी एकता हुने भनिएपनि एकता संयोजन समितिको बैठक सम्म बस्न सकेको छैन। अध्यक्ष दाहाल र केपी ओलीबीचका भेटले निष्कर्ष निकाल्न नसकिरहेको अवस्थामा दाहालले पार्टीका वरिष्ठ नेताहरु रहेको समितिको बैठक बोलाएका हुन्।
एकता पछि बन्ने पार्टी र सरकारको नेतृत्व कसले लिने भन्नेबारेमा दुई पार्टीका नेताहरुका फरक फरक धारणा सार्वजनिक भएका छन्।
प्रकाशित: १८ पुस २०७४ ०८:१९ मंगलबार