४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टी तिब्बतका सचिव वाङबीच भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन।

सचिव चुनचङले आज शनिवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगी उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन। गत कार्तिक २२ गते बुधवार नेपाल भ्रमणमा आएका उनले  यसअघि नै राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आपसी हितका विविध विषयमा छलफल गरिसकेका थिए।

उनले शिष्टाचार भेटवार्ताको क्रममा आफ्नो नेपाल भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच भएका महत्वपूर्ण सहमतीहरु कार्यान्वयनमा जोड दिएको बताए। 

प्रकाशित: २५ कार्तिक २०८० १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App