काठमाडौं- काठमाडौंमा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन्। थापाले ४२१६ मत ल्याउँदा नेकपा एमालेका डा. राजन भट्टराईले ४१९० प्राप्त गरेका छन्।
सभागृहमा मतगणना भैरहेको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं १० को नेपाल चार्टर विद्यालय र वडा नं १२ को उसु डोजाङ केन्द्रको मत गणना हुँदा भट्टराईले अग्रता लिएका थिए भने वडा नं ११ को गणना गर्दा थापाले अग्रता लिएका हुन्।
प्रकाशित: २२ मंसिर २०७४ ११:४२ शुक्रबार