२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा पराजुली, को को भए निर्वाचित ?

नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन  भएका छन्। अध्यक्ष पदका आकाङ्क्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन्।

१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो।

यस्तै उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जजनाएको छ।

एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन्। अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ। सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ।

प्रकाशित: २१ आश्विन २०८० ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App