४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान दिवसमा कोइरालाको सम्झना

संविधान दिवसका अवसरमा संविधानका पिता तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झना गरिएको छ। नेपालगन्जमा आयोजित संविधान कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका कोइरालाको सम्झना गरेका हुन्।

कोइराला प्रधानमन्त्री हुँदा संविधान घोषणा भएको थियो।पहिलो संविधानसभाले संविधान दिन नसकेपछि दोस्रो संविधानसभामार्फत संविधान जारी भएको थियो। नेपाल प्रेस युनियन बाँकेले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले संविधान घोषणामा पूर्वप्रधानमन्त्री कोइरालाको भूमिका अतुलनीय रहेको बताए।

बाँकेसँग संविधानको साइनो र अनुभूति भएको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले जनाए। ‘पूर्वप्रधानमन्त्री कोइरालाले बाँकेबाट निर्वाचित हुँदै बाँकेको प्रतिनिधित्व गर्नुभएको थियो,’ उनले भने, ‘उहाँकै नेतृत्वमा संविधान जारी भयो। यसले पनि बाँकेको साइनो जोडिएको छ।’ यो संविधान उत्कृष्ट रहेको बताए।

प्रकाशित: ४ आश्विन २०८० ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App