५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने बताएका छन्।

बुधवार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ विघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन्।

उनले यसका लागि प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिए। उनले सरकारका सबै मन्त्रालयहरुको प्रशासनिक भवनका साथै आवास समेत सोही परिसरमा निर्माण गरिने बताए। मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपूर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडी नै पठाई सकिएको उल्लेख गरे। उनले प्रधानमन्त्री कार्यालयबाट निर्णय आए लगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अगाडी बढाउने स्पष्ट पारे।  

प्रकाशित: २० भाद्र २०८० ११:५१ बुधबार

मधेस प्रदेश