१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

फाइल तस्बिर

कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्।

आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कृषि मन्त्री भुसालले यस्तो कुरा बताएका हुन। उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरूलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए।

मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरूलाई बाढीले पु¥याएको क्षतिले थप समस्या बनाएको जानकारी दिए। मन्त्री भुसाले बाढीले किसानहरूलाई पु¥याएको क्षतिको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि बताए ।उनले कृषि क्षेत्रको विकासमा सिँचाइको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिँचाइ मन्त्रालयसँग समन्वय गरी सिँचाइको समस्या समाधान गर्ने धारणा व्यक्त गरे।

मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य सङ्कट आउन सक्ने अवस्था रहेको जानकारी गराए। उनले नेपाल सरकारले खाद्यसंकट आउन नदिनको लागि सरकार सचेत रहेको बताए। 

मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरूसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताए। उनले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको बताए। उनले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने पनि जानकारी गराए। 

मन्त्री भुसालले पार्टीमा जीवन्त रूपमा छलफल हुने गरेको कारणले यसलाई लिएर पार्टीमा कुनैपनि प्रकारले समस्या नआएको धारणा व्यक्त गरे। उनले पाटीमा आउने जाने हुने गरेको कारणले केही व्यक्ति जाँदैमा पाटीको गतिशीलतामा कमी नआउने बताए। उनले एमालेबाट समेत आफ्नो पार्टीमा आउनेहरू बढेको जिकिर गरे।

प्रकाशित: २६ श्रावण २०८० १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App