१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काेशी प्रदेशः सभामुखलाइ राजीनामा गराएरै भएपनि बहुमत पुर्याउने गठबन्धनकाे तयारी

थापाले आज मुख्यमन्त्रीमा दाबी गर्ने

काेशी प्रदेशमा सत्तारुढ गठबन्धनले बहुमत पुर्‍याएर आज मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पक्षमा ४७ मत जुटाएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका उपनेता हिमाल कार्कीले बताए। प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेको समय सीमा आज बेलुका ५ बजे सकिंदैछ।

समयसीमा अघि नै बहुमत पुर्याएर मुख्यमन्त्री दाबी गर्ने र बहुमत नपुगे सभामुखको राजीनामा गराउने तयारी गरिएको स्रोतले बतायो। सत्तारुढ गठबन्धनले माओवादी केन्द्रबाट कोशी प्रदेशको सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत जुटाउने तयारी गरेको स्रोतले जनाएको छ।

गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाइ सरकारमा सामेल गराउन चाहेपनि राप्रपा इच्छुक नदेखिएपछि सभामुखको राजीनामा नै सरकार बनाउने अन्तिम विकल्प बनेकाे छ। 

काेशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले गत असार २१ गते सभामुख बाबुराम गौतमसहितको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार २२ गते नै सभामुखको समर्थनमा सरकार गठन गर्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्वोच्चको पूर्ण इजलासले  निवेदनमाथि सुनुवाइ गर्दै साउन ११ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु संविधान विपरीत रहेको भन्दै नियुक्ती खारेज गरेको थियो।  

सर्वोच्चले साउन ११ गते नियुक्ती खारेज गरेपछि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले साउन ११ गते नै सरकार साउन १६ गते भित्र संविधानको धरा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए। सोही अनुसार कोशी प्रदेशका सभामुखलाई राजीनामा गराएर बहुमत पुर्‍याउने सत्तारुढ गठबन्धनका नेताहरूको तयारी गरेका हुन्। कोशी प्रदेशमा सत्ता रूढ गठबन्धनमा  नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकिकृत समाजवादीका  ४ र जसपाका १ गरी ४७ मत रहेको छ।९३ जना सदस्य रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ।  

प्रकाशित: १६ श्रावण २०८० ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App