१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी सरकारविरूद्धको रिटमा आज आदेश आउन सक्ने

कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि फैसला हुने सम्भावना छ।

न्यायाधीशहरू इश्वरप्रसाद  खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना धेरै छ।

रिटमाथि पक्ष र विपक्ष दुबै तर्फका वकिलहरूको बहस बुधबार नैसक्किएको छ।  बुधबार बहस सकिएपछि आजका लागि पेशी तोकिएको छ।

आज बस्ने इजलासले आदेशबारे पनि निर्णय गर्नेछ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको दिएको असार २१ गतेसम्मको समयसीमाभित्र कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ४७ अर्थात् बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए।

त्यसलाई नै आधार बनाउँदै प्रदेश प्रमुखले थापालाई मन्त्री नियुक्त गरेका थिए। उक्त सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रिट निवदेन दर्ता गरेको थियो।

प्रकाशित: ११ श्रावण २०८० ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App