२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो: प्रदीप ज्ञवाली

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन्। 

प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीविहरुलाई समेत आग्रह गरे।

त्रिभुवन विश्वविद्यालय नेपाल र एशीयाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

प्रधानमन्त्री दाहालले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखि विद्युत खरिद सहितको सम्झौंता गरेको भन्दै उनले आपत्ति जनाए। पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढि आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले पटकपटक दोहोर्‍याए।

उनले भने, ‘असंलग्नता नेपालको लागि सान्दर्भिक छ। पछिल्ला दिनमा त्यसमा बिचलनहरु देखा पर्न थालेका छन। सबैले प्राज्ञिक ढंगले सरकारलाई होशियार बनाऊ है। सत्ता टिकाउनका निम्ति जस्तोसुकै पनि जोखिम गर्दा केही वर्ष सत्ता टिक्ने कुरा एउटा होला कि। तर नेपालजस्तो देशले धेरैधेरै मूल्य चुकाउनु पर्छ। यो कुरामा चाँही होस् गरांै भन्ने आग्रह गर्दछु। सरकारलाई म विशेष गरेर असंलग्नताको हाम्रो मूलभूत सिद्धान्त भन्दा दायाँवायाँ हुने गरी अहिले जे कदमहरु पछिल्लो समय भए। , देखा पर्दैंछ। र एउटा जनरल पर्सेप्शन नै नेपाल चाँही नजानिदो ढंगले एउटा शक्ति राष्ट्रको एक्सेसतिर टेक हुँदैछ भन्ने केही तथ्यहरु पनि त्यस्तो देखिन्छ। त्यो कुराबाट सरकार एकदमै होशियार हुन जरुरी छ। हामी थेग्न सक्दैनौं । मे फेरी पनि दोहोर्‍याएर भन्न चाहन्छु। हिजोको शीत युद्ध टाढा थियो। त्यसकारण यससँग बिचलन हुने कुनै पनि कुराहरु बाञ्छनीय छैन। नेपालको प्राकृतिक स्रोतमाथि हामीले कतै आफ्नो नियन्त्रण गुमाउँदै गएका हौ कि। निश्चिय नै ऊर्जामा हामी भारतसँग नै साझेदारी गर्ने। तर त्यसमा पनि तपाईसँग आफ्नो हातमा त केही हुनु प¥यो नि। २७ वर्षदेखि पञ्चेश्वर, १२ वर्षदेखि अपर कर्णाली, त्यसमाथि फुकेट कर्णाली, त्यसपछि पश्चिम सेती, अरुण, लोअर अरुणहरुको कुरा सुन्छौं। त्यसमा साझेदारी हुन्छ कि हामी एकदमै हात बाँधेर। किनभने बजार एउटै छ। लिन्न भनेपछि खेल खत्तम। यो खालको स्थितिबाट जान हुँदैन। राष्ट्रिय हितहरुको सन्दर्भमा पनि त्यो सन्तुलनलाई हामीले गुमाउन्नु हुन्न।’

प्रकाशित: १ श्रावण २०८० ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App