५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आज राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्तिहरू भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन।

उनले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए। उनले काठमाडौं लगायत विभिन्न राजमार्गहरूमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको पनि बताए। त्यस्तै सवारी चालक अनुमति पत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि मन्त्री ज्वालाको भनाई छ।

उनले नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरोका कारण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानमा उपाय खोजी गरी कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै पृथ्वी राजमार्गको नौबिसे–काठमाडौं सडक खण्डको पनि बिस्तार कार्य अगाडी बढाइरहेको उनले बताए।

प्रकाशित: २८ असार २०८० ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App