१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभा बैठक साँझ ८ बजे बस्ने

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभा छाडेर हिंडेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभा बैठक बिहीबार राती ८ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी ८ बजे सम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेको जनाएको हो।  

बिहीबारको बैठकमा हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेपछि प्रस्तावमाथि छलफल भएको थियो। छलफल सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने र मत विभाजन गर्नुपर्नेमा मुख्यमन्त्री र मन्त्रीहरू नै प्रदेशसभा बैठक छाडेर हिंडेपछि बैठक अनिश्चित बनेको  थियो।

बिहीबार बसेको प्रदेशसभा वैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रस्ताव पेश गर्दै कार्कीले प्रदेशमा अर्को सरकार बन्ने संभवना नरहेका कारण यहि सरकारलाई समर्थन गरेर सर्वदलिय सरकार गठन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गरे।  कार्कीे भने,‘प्रदेशलाई अस्थिरतातर्फ लैजाने र सरकार परिवर्तन गरिरहनु भन्दा यहि सर्वदलिय सरकार गठन गरेरराजनीतिक स्थायीत्व प्रदान गरौं।’

मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी छलफलमा भाग लिंदै कोशी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता उद्वव थापाले एक सय दिनका उपलब्धी सार्वजनिक कार्यक्रममा मुख्य मन्त्रीले सर्वदलिय सहमतिको सरकार गठनका लागि प्रस्ताव राखेको भए पनि त्यसपछिको व्यवहार त्यस्तो नगरेको गुनासो गरे। उनले सरकारले सर्वदलिय सहमतिको सरकारका लागि अन्य दलका संसदीय दलका नेताहरूसँग छलफलसमेत नगरेको गुनासो गरे। उनले भने,‘ मुख्यमन्त्रीज्यूले एक सय दिनको उपलब्धी सार्वजनिक गर्दा सर्वदलिय सहमतिको सरकारको प्रस्ताव गर्नुभयो। तर, त्यसपछिको व्यवहार त्यस्तो देखिएन।’ थापले मुख्यमन्त्रीले एक पटक अन्य दलका संसदीय दलका नेताहरूलाई बोलाएर छलफलसमेत नगरेको गुनासो गरे। थापाले अब, सर्वदलिय सहमतिको सरकारको अवस्था अन्त्य भइसकेका कारण नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गर्न आग्रह गरे।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रहादुर आङवोले सरकारले ढंग नपु¥याउँदा सरकार आफै समस्यामा परेको बताए। उनले अरु दलले नभई आफ्नै कारणले कोशी प्रदेश सरकार धरापमा परेको स्पष्ट पारे। उनले माओवादी केन्द्रमाथि निरन्तर प्रहार गरेपछि सरकार छाड्न बाध्य भएका कारण यहि सरकारलाई समर्थन गर्न नसक्ने स्पष्ट पारे।

नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले सरकार चलाउने ढंग नपुग्दा प्रदेशसरकार धरापमा परेको बताए। पेल्न छाड्ने पहिलेका गल्तीहरू  सच्याउने हो भने एमालेको सरकारलाई समर्थन मात्रै नभई पार्टी नै एकिकरण गर्ने राईले स्पष्ट पारे। तर, अहिलेकै अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने राईले बताए। ‘पेल्न छाड्ने र विगतका कमजोरी सच्याउने हो भने एमालेको सरकारलाई समर्थन मात्रै हैन पार्टी नै एकिकरण गर्न तयार छौं।’  

राप्रपा संसदीय दलको तर्फबाट बोल्दै प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले सरकार परिवर्तनको खिचतानी छाडेर सहमतिको सरकार गठनका लागि प्रतिपक्ष दलहरूलाई आग्रह गरे। उले राप्रपाले मुख्यमनत्री कार्कीलाई विश्वासको मत दिने बताए।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू मध्ये राप्रपाले मात्रै सरकारलाई समर्थन गर्ने जनाएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले सरकारलाई समर्थन नगर्ने जनाएका छन्। जसपाले भने तथस्ट बस्ने निर्णय गरेको छ। जसपा संसदीयदलका तर्फबाट आजको प्रदेशसभामा बोल्ने समय सभमुखले दिएपनि जसपा संसदीय दलका नेता निर्मला लिम्बु छलफलमा भाग लिइनन्। कोशी प्रदेशसभामा सत्तारुढ गठबन्धनमा नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्।

यता प्रतिपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा बहुमत पु¥याउन थप १ जना सांसद आवश्यक पर्छ। तर, कुनै पनि प्रतिपक्षी दलहरूले समर्थन नगरेको अवस्थामा मुख्यमन्त्री कार्कीलाई सत्ता जोगाउन मुस्किल देखिएको छ।  

प्रकाशित: १४ असार २०८० १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App