४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहालले भने: पार्टी एकता गर्ने हतारो पो गरेछौं, समाजवादी मोर्चामात्रै बनाएको भए हुन्थ्यो कि?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले  विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताएका छन्।

सोमबार समाजवादी मोर्चा घोषणामा बोल्दै प्रधानमन्त्री दाहालले एमालेसँगको एकता हतारमा भएको बताएका हुन्।

उनले निकै ठूलो भरोसा र अपेक्षाका साथ पार्टी एकता गरेको र नेकपाले देशलाई समाजवादको बाटोमा, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउने छ भन्ने निकै ठूलो विश्वास लिएको भए पनि त्यो कुरा पूरा हुन नसकेको बताए।

जनताको र आम कार्यकर्ताको अपार समर्थन र उत्साहको बाबजुद पनि आफूहरुले त्यो पार्टीलाई बचाउन नसकेको उनको भनाइ थियो।

‘हामी सबैले आत्म समीक्षा गर्नुपर्ने राष्ट्रिय आवश्यताबारे ध्यानकर्षण गराउन चाहन्छु। हामीले कहाँ त्रुटि गर्‍यौंरु एकपटक ऐतिहासिकरूपले यसको समीक्षा गरौं। हामीले त्यतिबेला समाजवादी मोर्चामात्रै बनाएको भए हुन्थ्यो कि, पार्टी एकता गर्ने हतारो पो गरेछौं किरु हामीले त्यतिबेबला समाजवादी मोर्चा नै बनाएर मोर्चाबाट काम सुरू गर्दै गएर छलफल गर्दै गएर विचारमा, राजनीतिमा संगठनमा, कार्यशैलीमा, संस्कारमा एकरूपता कायम राखेको भए हामी सफल हुन्थ्यौं कि, यो एउटा गम्भीर प्रश्न छ, वामपन्थी, प्रगतिशीलले सोच्नुपर्ने भएको छ,’ उनले भने।

प्रकाशित: ४ असार २०८० १२:५५ सोमबार

अध्यक्ष पुष्पकमल दाहाल